टाकुरा न्युज
Tuesday, May 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

स्कुल थिएटरको १० औँ श्रृङ्खला (शब्द, तस्बिर र भिडिओमा हेर्नुहोस्)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख ९, २०८२
0
स्कुल थिएटरको १० औँ श्रृङ्खला (शब्द, तस्बिर र भिडिओमा हेर्नुहोस्)
196
SHARES
Share on FacebookShare on Twitter

इटहरी : स्कुल थिएटरको १० औँ श्रृङ्खला सम्पन्न भएको छ । आइतबार र सोमबार गरी प्रदर्शन भएको स्कुल थिएटरको १० औँ श्रृङ्खला सम्पन्न भएको हो ।

नाटकमा सहभागी कलाकारहरूले ६ वटा नाटक प्रदर्शन गरे । पहिलो नाटक ‘चर्चै–चर्चा’ प्रदर्शन गरियो ।

समृद्धि दुलालले निर्देशन गरेको उक्त नाटक अदिति दाहालले सह–निर्देशन गरेकी छन् । सामाजिक सञ्जालको प्रयोग र त्यसबाट हुने खतराबारे नाटकमा उदृत गरियो । उक्त नाटकले वर्तमान समयको अवस्थाबारे चित्रण गरेको थियो ।

नाटकमा सुदा बस्नेत, साम्राज्ञ दाहाल, प्रयुष भट्टराई, डेमो पौडेल, आयांश नेपाल, सर्मपण पोख्रेल, अदिति दाहाल र समृद्धि दुलालले अभिनय गरेका छन् । सो नाटकलाई डेभिड विष्ट र रोशन आचार्यले मेन्टरको भूमिका निर्वाह गरेका थिए ।

यसैगरी अर्को नाटक ‘दाँतको दुःख’ प्रस्तुत गरियो । जहाँ बालबालिकाको दाँत सम्बन्धी दुःखलाई चित्रण गरियो ।

श्रेया भट्टराईले निर्देशन गरेको नाटकमा स्पर्श राई, अशु नेपाल, आज्ञा कर्ण, काव्या चौलागाईं, काव्या साह, श्रद्धा दाहाल, सन्दर्भ पोख्रेल, प्रियन्स ढकाल, अन्वेष न्यौपाने, तपस्या तिम्सिना, आयुश्री घिमिरे, श्रीया भट्टराई, प्रसुश ओझा, विश्वजीत अग्रवाल र अनुरोध राईले अभियन गरेका छन् ।

उक्त नाटकलाई मेन्टरको रूपमा विपन कार्कीले भूमिका निर्वाह गरेका छन् ।

यसैगरी तेस्रो नाटक ‘छोरी’ प्रस्तुत गरियो । गरिब परिवारमा जन्मिनु, विद्यालय जानु र समाजले बाँचिरहेको जीवनभन्दा फरक भएर बाँच्दा हुने छोरीलाई गरिने अवहेलनाबारे सो नाटकमा चित्रण गरिएको छ ।

एउटा चिया पसलमा बसेर दिनभर अरूहरूको आलोचनामा समय खर्चने प्रवृत्तिबारे गहिरो सन्देश दिने प्रयास गरिएको छ । अन्त्यतिर भने तीनै छोरीले सरकारी सेवामा प्रवेश गरेपछि विगतमा आलोचना गर्नेहरूले नै उनलाई वाहवाही गर्छन् । जसले समाजको वास्तविक चित्रण गरेको छ ।

उक्त नाटकलाई रिदिमा कालाखेतीले निर्देशन गरेकी छन् भने संस्कृति दाहालले सह–निर्देशन गरेकी छन् ।

नाटकमा खुशी धमला, प्रार्थना निरौला, सुभिरा श्रेष्ठ, रोनक अग्रवाल, क्षरेयान्स पोख्रेल, आयुष्मा त्रिताल, आहाना योसा सुवेदी, रिदिमा कालाखेती, रिपेश पहाडी र संस्कृति दाहालले अभिनय गरेका छन् । उक्त नाटकलाई जैनव खानले मेन्टरको भूमिका निर्वाह गरेकी छन् ।

यसैगरी अर्को नाटक ‘ऐना’ प्रस्तुत गरियो । आफ्ना अभिभावकले गरेको कर्मलाई नै छोराछोरीले पनि पछ्याउने र सही कर्म गर्नका निम्ति अभिभावकलाई नै प्रेरित गर्ने किसिमको उक्त नाटक रहेको छ ।

सन्देशमूलक रहेको उक्त नाटकलाई सभ्यता किरातीले निर्देशन गरेकी छन् भने अभि पोखरेलले सह–निर्देशन गरेकी छन् ।

सो नाटकमा प्रत्युस थापा मगर, आक्रिश ढुंगाना, श्रीद्दि कट्वाल, आरजु तिमल्सिना, भाव्यश्री दाहाल, जया मगर, अभि पोखरेल र सभ्यता किरातीले अभिनय गरेका छन् । नाटकलाई सिपि राईले मेन्टरको भूमिका निर्वाह गरेका छन् ।

यस्तै, अर्को नाटक ‘उल्टो बाटो’ प्रस्तुत गरिएको छ । उक्त नाटकमा मकै पोल्ने आमाको कथालाई उदृत गरिएको छ ।

सडक किनारमा बसेर मकै पोल्दा नगरपालिकाले दिने हैरानी, ग्राहको बेवास्ता, आफ्नी बुहारीको अवहेलना, तिरस्कार सहँदै अन्त्यमा वृदाश्रममा पुगेर मृत्युवरण गर्नुपरेको कथालाई प्रस्तुत गरिएको छ ।

अग्रता बास्तोलाले निर्देश गरेको नाटकलाई कृषा भट्टराईले सह–निर्देशन गरेकी छन् ।

उक्त नाटकमा नुनुस्का घिमिरे, कृषा भट्टराई, रोशिका कालाखेती, दृश्य काफ्ले, भिजन घिमिरे, अन्सल चापागाईँ, काव्या जयन्ती, अग्रता बास्तोला र विशाल न्यौपाने खत्रीले अभिनय गरेका छन् ।

नाटकलाई स्वेता कार्की र हिमाल निरौलाले मेन्टरको भूमिका निर्वाह गरेका छन् ।

छैठौँ नाटक ‘रङ्ग’ प्रस्तुत गरियो । जहाँ विभिन्न रङ्गले जीवनमा प्रभाव पार्ने विषयलाई उदृत गरिएको छ ।

पूण्यका राईले निर्देशन गरेको नाटकलाई रिजन पोखरेलले सह–निर्देशन गरेका छन् । उक्त नाटकमा प्रपन्न भट्टराई, सिमान्त गुरुङ, अभया गुरागाईं, आशु अधिकारी, नृजा पौडेल, सफल भट्टराई, आर्यन घिमिरे, रिजन पोख्रेल, विषम पौडेल र पूण्यका राईले अभिनय गरेका छन् ।

नाटकलाई ललिता विश्वकर्माले मेन्टरको भूमिका निर्वाह गरेका छन् ।

१५ दिनसम्म चलेको नाट्य कार्यशालामा सहभागी सबै कलाकारहरू स्कुले विद्यार्थी छन् ।

विद्यालय छुट्टीको समयमा रचनात्मक काम गर्न र नाटकमा सहभागी हुन प्रेरित गर्ने उदेश्यले झण्डै १५ वर्षयता कलालय इटहरीले नाट्य प्रशिक्षण गरी नाटक प्रस्तुत गर्दै आएको छ ।

विकास श्रेष्ठ, प्रजल दुलाल र राजा श्रेष्ठले नाट्य प्रशिक्षण गराएका थिए । उनीहरू पनि यसअघि स्कुल थिएटरबाटै नाटकमा प्रवेश गरेका हुन् । आशिष पुरीको संयोजकत्वमा नाटक प्रस्तुत भएको हो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै वरिष्ठ नाट्यकर्मी सुनील पोखरेलले नाटक गर्ने आम मान्छेमा काव्यको चेत हुनुपर्ने बताए ।

‘नाटक गर्ने सबै मानिसमा काव्यको चेत हुनुपर्छ । कविता बुझ्ने मानिसले अभिनय गरेको नाटक जीवन्त हुन्छ,’ पोखरेलले भने, ‘म ईश्वरलाई धन्यवाद भन्छु, सोनु र यी विद्यार्थी भाइबहिनीहरूलाई धन्यवाद दिन्छु ।’

खासगरी कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीको नेतृत्वमा हरेक वर्ष स्कुल थिएटर सञ्चालन हुँदै आएको छ ।

भिडिओ

Tags: कलाकलालयथिएटरनाटकसोनु जयन्ती

Related Posts

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद
समाचार

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ५, २०८२
0

इटहरी : प्रहरीले तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । झापाको बिर्तामोड नगरपालिका–५ बाट सो...

इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?
FEATURE BREAKING

इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ५, २०८२
0

इटहरी : इटहरीका विभिन्न स्थानमा केही दिनदेखि खानेपानी नहुँदा समस्या भएको छ । इटहरीको वडा नं. १, १९ र २०...

कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

प्रकाशित मिति : जेष्ठ ५, २०८२
कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

प्रकाशित मिति : जेष्ठ ५, २०८२
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ५, २०८२
झापा : अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

झापा : अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

प्रकाशित मिति : जेष्ठ ५, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : जेष्ठ ५, २०८२
इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

प्रकाशित मिति : जेष्ठ ५, २०८२
कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

प्रकाशित मिति : जेष्ठ ५, २०८२
कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

प्रकाशित मिति : जेष्ठ ५, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2426 shares
    Share 970 Tweet 607
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2410 shares
    Share 964 Tweet 603
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1802 shares
    Share 721 Tweet 451
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1040 shares
    Share 416 Tweet 260
  • इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

    965 shares
    Share 386 Tweet 241
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana