इटहरी–१९ का एक पुरुषको कतारमा मृत्यु भएको छ ।
यहाँका ४८ वर्षीय नरेन्द्रबहादुर न्यौपानेको कतारमा आइतबार मृत्यु भएको इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चौधरीले पुष्टि गरे । उनका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा उनी केही बर्ष अगाडि कतार गएका थिए ।
‘सर्कल कतार’ कम्पनीमा कार्यरत रहेका उनी आउने जाने क्रम गरिरहेको परिवारजनले बताएको वडाध्यक्ष चौधरीले बताए ।
‘१६ गते शब ल्याउने तयारी गरिएको छ,’ चौधरीले टाकुरासँग भने, ‘कामको क्रममा नै प्रेसरले हानेको भन्ने कुरा छ ।’
चौधरीका अनुसार मृतक न्यौपानेका तीन बहिनी छोरी र एक छोरा रहेका छन् । एकजना छोरीको भने विवाह भएको बुझिएको छ ।














Discussion about this post