इलाम : इलाममा खुकुरी प्रहार गरी एक महिलाको हत्या गरिएको छ ।
माई नगरपालिका ४ सिंजालीटारका ४२ वर्षीय शान्तिराम दुलालले धारिलो हतियार खुकुरी प्रहार गरी स्थानीय ५२ वर्षीय भूमिका चापागाँईको हत्या गरेका हुन् ।
सामान्य विवादका कारण दुलालले खुकुरीले टाउकोमा प्रहार गर्दा घाइते भएकी चापागाईँको उपचारको क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।
हत्यामा संलग्न दुलाललाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post