टाकुरा न्युज
Tuesday, May 20, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

विराटनगरमा एमएम कप क्रिकेट : साविक विजेता आर्मीको संघर्षपूर्ण जित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख १३, २०८२
0
विराटनगरमा एमएम कप क्रिकेट : साविक विजेता आर्मीको संघर्षपूर्ण जित
71
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता सुरू भएको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि एमएम कप क्रिकेट प्रतियोगिता सुरू भएको हो ।

शनिबार भएको उद्घाटन खेलमा साविक विजेता विभागीय आर्मीले अर्को विभागीय टोली एपिएफलाई २ विकेटको संघर्षपूर्ण जित निकालेको छ । टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ३० रनको झिनो योगफल बनाएको थियो ।

एपिएफका प्रकाश जैशीले अविजित ३४ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ रन, दीपक वोहराले १६ रन, अविशेक पालले १२ रन र आयूस्मान बलले ११ रन बनाउँनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

आर्मीका दुगेश गुप्ताले ३ विकेट लिँदा विशाल सुस्लिङ र नरेन राउदले २–२ विकेट लिए ।

जवाफमा १ सय ३१ रनको झिनो लक्ष्य पाएको आर्मीले ३७ दशमलव २ बलमा ८ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो ।

आर्मीको जितमा प्लेयर अफ द म्याच नरेन साउदले ८४ बलमा ७ चौका प्रहार गर्दै ६४ रनको योगदान दिँदा सुमित श्रेष्ठले अविजित २१ रन र पवन कार्कीले अविजित १० रनको योगदान दिए । एपिएपका दिवन पुनले ३ विकेट लिँदा कप्तान भुवन कार्की र विकाश अग्रिले २–२ विकेट लिए ।

वैशाख २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको हो । प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने दुवै टोलीका शीर्ष टोलीले फाइनल खेल खेल्ने छन् ।

यसअघिका दुई संस्करण सुनसरीको इनरुवामा गरिएको थियो । २०७५ सालमा भएको पहिलो संस्करणको उपाधि आर्मीले जित्दा २०७६ सालमा भएको दोस्रो संस्करणमा पनि आर्मीले नै बाजी मारेको थियो ।

आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले नेपाली क्रिकेटको विकास र स्तरोन्नतिका लागि नेपालमा कमै मात्रामा हुने ५० ओभरको प्रतियोगिता गरिएको बताए ।

प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी हुने अध्यक्ष घोषले जानकारी दिए ।

प्रतियोगिता विजेतालाई नगद ४ लाख र ट्रफी, उपविजेतालाई २ लाख र ट्रफी, प्लेयर अफ द टुर्नामेन्टको उपाधी जित्ने खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५–१५ हजार र प्लेयर अफ द म्याचको उपाधी जित्ने खेलाडीलाई नगद ४ हजार प्रदान गरिने अध्यक्ष घोषले जानकारी दिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एम्पायर बुद्धिबहादुर प्रधानलाई क्रिकेट बल दिएर प्रतियोगिताको उद्घाटन गरे ।

आइतबार एपिएफ र बागमती प्रदेशविच खेल हुने आयोजकले जनाएको छ ।

Tags: #खेलकुदक्रिकेट

Related Posts

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद
समाचार

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ५, २०८२
0

इटहरी : प्रहरीले तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । झापाको बिर्तामोड नगरपालिका–५ बाट सो...

इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?
FEATURE BREAKING

इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ५, २०८२
0

इटहरी : इटहरीका विभिन्न स्थानमा केही दिनदेखि खानेपानी नहुँदा समस्या भएको छ । इटहरीको वडा नं. १, १९ र २०...

कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

प्रकाशित मिति : जेष्ठ ५, २०८२
कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

प्रकाशित मिति : जेष्ठ ५, २०८२
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ५, २०८२
झापा : अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

झापा : अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

प्रकाशित मिति : जेष्ठ ५, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : जेष्ठ ५, २०८२
इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

प्रकाशित मिति : जेष्ठ ५, २०८२
कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

प्रकाशित मिति : जेष्ठ ५, २०८२
कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

प्रकाशित मिति : जेष्ठ ५, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2426 shares
    Share 970 Tweet 607
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2410 shares
    Share 964 Tweet 603
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1802 shares
    Share 721 Tweet 451
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1040 shares
    Share 416 Tweet 260
  • इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

    965 shares
    Share 386 Tweet 241
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana