Friday, December 5, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

विराटनगरमा एमएम कप क्रिकेट : साविक विजेता आर्मीको संघर्षपूर्ण जित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १३, २०८२
in खेलकुद, समाचार
0
विराटनगरमा एमएम कप क्रिकेट : साविक विजेता आर्मीको संघर्षपूर्ण जित
92
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता सुरू भएको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि एमएम कप क्रिकेट प्रतियोगिता सुरू भएको हो ।

शनिबार भएको उद्घाटन खेलमा साविक विजेता विभागीय आर्मीले अर्को विभागीय टोली एपिएफलाई २ विकेटको संघर्षपूर्ण जित निकालेको छ । टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ३० रनको झिनो योगफल बनाएको थियो ।

एपिएफका प्रकाश जैशीले अविजित ३४ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ रन, दीपक वोहराले १६ रन, अविशेक पालले १२ रन र आयूस्मान बलले ११ रन बनाउँनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

आर्मीका दुगेश गुप्ताले ३ विकेट लिँदा विशाल सुस्लिङ र नरेन राउदले २–२ विकेट लिए ।

जवाफमा १ सय ३१ रनको झिनो लक्ष्य पाएको आर्मीले ३७ दशमलव २ बलमा ८ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो ।

आर्मीको जितमा प्लेयर अफ द म्याच नरेन साउदले ८४ बलमा ७ चौका प्रहार गर्दै ६४ रनको योगदान दिँदा सुमित श्रेष्ठले अविजित २१ रन र पवन कार्कीले अविजित १० रनको योगदान दिए । एपिएपका दिवन पुनले ३ विकेट लिँदा कप्तान भुवन कार्की र विकाश अग्रिले २–२ विकेट लिए ।

वैशाख २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको हो । प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने दुवै टोलीका शीर्ष टोलीले फाइनल खेल खेल्ने छन् ।

यसअघिका दुई संस्करण सुनसरीको इनरुवामा गरिएको थियो । २०७५ सालमा भएको पहिलो संस्करणको उपाधि आर्मीले जित्दा २०७६ सालमा भएको दोस्रो संस्करणमा पनि आर्मीले नै बाजी मारेको थियो ।

आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले नेपाली क्रिकेटको विकास र स्तरोन्नतिका लागि नेपालमा कमै मात्रामा हुने ५० ओभरको प्रतियोगिता गरिएको बताए ।

प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी हुने अध्यक्ष घोषले जानकारी दिए ।

प्रतियोगिता विजेतालाई नगद ४ लाख र ट्रफी, उपविजेतालाई २ लाख र ट्रफी, प्लेयर अफ द टुर्नामेन्टको उपाधी जित्ने खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५–१५ हजार र प्लेयर अफ द म्याचको उपाधी जित्ने खेलाडीलाई नगद ४ हजार प्रदान गरिने अध्यक्ष घोषले जानकारी दिए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एम्पायर बुद्धिबहादुर प्रधानलाई क्रिकेट बल दिएर प्रतियोगिताको उद्घाटन गरे ।

आइतबार एपिएफ र बागमती प्रदेशविच खेल हुने आयोजकले जनाएको छ ।

Tags: #खेलकुदक्रिकेट
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बीपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्रीको निरीक्षण
समाचार

बीपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्रीको निरीक्षण

by टाकुरा न्यूज । इटहरी
मंसिर १८, २०८२
0

धरान : स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण भ्रमण गरेकी छन्।...

स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ
समाचार

स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
मंसिर १८, २०८२
0

विराटनगर : विराटनगर महानगरपालिका १७ मटेरुवा स्थितबाट स्रोत नखुलेको अवैध रकमसहित एक जनालाई पक्राउ गरिएको छ । कोशी प्रदेश प्रहरी...

ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

मंसिर १८, २०८२
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु

मंसिर १८, २०८२
झापामा नरिवलको व्यावसायिक खेती

झापामा नरिवलको व्यावसायिक खेती

मंसिर १८, २०८२
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

मोरङमा दाजुले छुरा प्रहार गरी भाइको हत्या

मंसिर १८, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बीपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्रीको निरीक्षण

बीपी प्रतिष्ठानमा स्वास्थ्य मन्त्रीको निरीक्षण

मंसिर १८, २०८२
स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ

स्रोत नखुलेको रकमसहित विराटनगरबाट एक जना पक्राउ

मंसिर १८, २०८२
ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

ठेकेदारको लापरबाहीले भोजपुरको कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

मंसिर १८, २०८२
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु

मंसिर १८, २०८२



लाेकप्रिय

  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1340 shares
    Share 536 Tweet 335
  • धरानमा मध्यराति १०–११ जना भरियाहरूले ओसार्छन् गाँजा, इटहरीमा पक्राउ परे दुई युवक

    462 shares
    Share 185 Tweet 116
  • जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

    384 shares
    Share 154 Tweet 96
  • धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

    265 shares
    Share 106 Tweet 66
  • इटहरीमा फार्मेसीबाटै लागूऔषध कारोबार, श्रीमान–श्रीमती प्रहरी नियन्त्रणमा

    232 shares
    Share 93 Tweet 58

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.