तरहरा : इटहरी २० तरहरामा रहेको लिवरल सोसाइटीले सरकारको सांकेतिक विरोध गरेको छ ।
लामो समय अगाडिदेखि तरहरामा रहेर सामाजिक काममा सक्रिय रहेको लिवरल सोसाइटीले सोमबार तरहराका विभिन्न क्षेत्रमा सेनिटाइज समेत गरेको छ ।

लिवरल सोसाईटीका अध्यक्ष सुवेक्छु देवानका अनुसार पछिल्लो समय कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपनि सरकारको ध्यान नगएकाले आँफूहरुले संक्रमित एरिया तथा अन्य संवेदनशील क्षेत्रमा सेनिटाइज गरिएको हो ।

अहिले कोभिड १९ ले विश्व नै आक्रान्त भईरहेको अवस्था रहेकाले तरहरा पनि यसबाट अछुतो नरहेकाले आँफूहरुले सेनिटाइज गरेको देवानले बताए ।
तरहरा चोकका सार्वजनिक स्थलहरु औषधी पसल, तरहरा प्रहरी चौकी, हाँसपोसा सामुदायिक बन, पेट्रोल पम्प, प्रत्येक संक्रमितका घर वरिपरी सेनिटाइज गरिएको उनले बताए ।

‘हामीले सरकारको सांकेतिक विरोध गरेका हौँ,’ देवानले टाकुरासँग भने, ‘रचनात्मक काम गरेर सरकारको विरोध गरौँ भन्ने लागेर यहाँका संवेदनशील क्षेत्रमा सेनिटाइज गरिएको हो ।’

तरहरामा भेला भएका युवाहरुले पीपीई लगाएर सेनिटाइज गरेका थिए ।

उपस्थित युवाहरुले सरकारको भर नपरौँ, आफैँ सचेत बनौँ, सबैले आफ्नो जिम्मेवारी बुझौँ, महामारीबाट बचौँ लगायतका सन्देश सम्प्रेषण गरिएको थियो ।

हेर्नुहोस् भिडियो














Discussion about this post