बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आएका ८ जना बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रवक्ता समेत रहेका डा। निदेश सापकोटाका अनुसार आइसियुमा उपचाररत १ जना, मेडिसिन वार्डमा उपचाररत ३ जना, सर्जरीमा उपचाररत १ जना र कोभिडको आशङ्कामा भर्ना भएका ३ जना बिरामी गरी जम्मा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उनीहरू मध्ये १ जना प्रदेश १ मोरङका पुरुष रहेका छन् भने बाकि सबै प्रदेश २ सिराहाका ३ जना, सप्तरीका ३ जना र धनुषाका १ जना रहेका छन् ।
उनीहरूको उमेर समूह २० वर्ष देखि ८० वर्षका सबै पुरुष रहेको प्रतिष्ठानका सह प्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
कोरोना संक्रमित सबै बिरामीलाई कोभिड अस्पतालमा सारी सकिएको बताइएको छ ।











Discussion about this post