सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका १० स्थितमा करेन्ट लागेर एक नाबालकको मृत्यु भएको छ ।
स्थानीय उमेश राईका छोरा डेढ वर्षीय उपदेश राई छिमेकी पुष्पमाया मगरको घरमा खेल्ने क्रममा करेन्ट लागेको हो ।
प्रहरीका अनुसार मोबाइल चार्ज गर्ने बोर्डमा अचानक छुदाँ करेन्ट लागेर गम्भीर घाइते भएका उनको तत्काल उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए पनि चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हुन् ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post