झापाको झापा गाउँपालिका ३ का ७० बर्षीय साईला टुडुलाई निजकै छोरा २५ बर्षीय सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको छ ।
सोमवार राती साढे ११ बजेको समयमा छोराले बुबालाई एक्कासी बाँसको भाटाले शरीरका बिभिन्न भागमा अन्धाधुन्दा कुटपिट गर्दा उनको मृत्यु भएको हो ।
कुटपिटबाट घाईते भएका टुडुलाई उपचारको लागि स्थानीय मेडिकलमा लगिएको भएपनि उपचार सम्भव नभएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कुटपिट गर्ने सुनिल टुडुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














Discussion about this post