जिल्ला प्रहरी कार्यालय सुनसरीका विभिन्न प्रहरी कार्यालयहरूको थुनामा रहेका २१ जनामा र सुनसरीको विभिन्न स्थानमा गरेर ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज थपिएका थुनुवाहरू मध्ये कोसी गाउँपालिकाका ५, देवानगञ्ज गाउँपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १ र बराहाक्षेत्र नगरपालिकाका ३ गरी जम्मा २१ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै इनरुवा नगरपालिका ३ जना, इटहरीका ५ जना र धरान उपमहानगरपालिकाका ३ जना गरी आज सुनसरीमा ३१ जना कोरोना संक्रमित थपिएका हुन्।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको हुनेको सङ्ख्या ४ सय ८५ पुगेको छ भने २ सय ६ जना निको भएर घर फर्किसकेका छन् ।















Discussion about this post