Wednesday, May 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

लैङ्गिक हिंसाविरुद्ध कोशीका चार पालिकामा नमूना परियोजना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १४, २०८२
in समाचार
0
58
SHARES
Share on FacebookShare on Twitter

झापा : कोशी प्रदेशका चार पालिकामा परीक्षणको रूपमा विश्व बैङ्कको सहयोगमा ‘लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना’ सञ्चालन भएको छ।

झापाको मेचीनगर नगरपालिका, मोरङको उर्लाबारी नगरपालिका, धनकुटाको धनकुटा नगरपालिका र सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नमूना परियोजना सुरू भएको परियोजनाकी विज्ञ कमला उप्रेतीले बताइन्।

नेपालमा कोभिड-१९ को महामारीपछि लैङ्गिक हिंसा बढेर गएको हुँदा यसको रोकथाम र प्रतिकार्यका लागि विश्व बैङ्कको सहयोगमा परीक्षणको रूपमा देशभर छ र कोशीका चार पालिकामा परियोजना लागू भएको उनले बताइन्।

लुम्बिनी प्रदेशको रुपन्देहीको तिलोत्तमा र नवलपरासीको रामग्राम नगरपालिकामा पनि यो परियोजना लागू भएको छ। विश्व बैङ्कले चालू आर्थिक वर्षमा पालिकालाई परियोजना सञ्चालनका लागि ४० लाख रूपैयाँका दरले सहयोग प्रदान गरेको उनले बताइन्।

परियोजना परीक्षणको रूपमा ५ वर्षको हुने र त्यसको प्रभावकारिता मूल्याङ्कनपछि देशभरका सबै पालिकामा यसलाई लैजाने नेपाल सरकारको योजना रहेको उप्रेतीले बताइन्।

परियोजना सञ्चालन भएका पालिकामा समाजका प्रतिष्ठित व्यक्ति समेटेर सद्भावना दूतका रूपमा ‘पुरुष सञ्जाल’ गठन गर्ने र सञ्जालमार्फत लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायमा रोकथाम र प्रतिकार्य सम्बन्धी कार्यक्रम गरिने भएको छ।

परियोजनाअन्तर्गत पहिलोपल्ट मेचीनगरमा र त्यसपछि धनकुटामा पुरुष सञ्जाल गठन गरेर सञ्जालका सदस्यलाई दक्षता अभिवृद्धि सम्बन्धी तालिम प्रदान गरिसकेको उनको भनाइ छ।

मेचीनगर नगरपालिकाले कार्यपालिकाबाट पुरुष सञ्जालसम्बन्धी कार्यविधि अनुमोदन गरी नगरको राजपत्रमा प्रकाशित गरिसकेको मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले बताए।

कार्यविधि अनुसार सञ्जाल कार्य समिति मनोनित गरिएको हो। समितिको कार्यकाल पाँच वर्ष रहने उल्लेख छ।

मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले समाजमा भइरहेका लैङ्गिक हिंसाविरुद्ध उभिन, आदर्श पुरुषको रूपमा समाजमा सकारात्मक सोचको विकास गर्न र पितृसत्तात्मक गलत सोच परिवर्तन गर्न पुरुष सञ्जालले योगदान पुर्‍याउने अपेक्षा गरिएको बताइन्।

मेचीनगर नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख जयन्ती खरेलले परियोजना अन्तर्गत गठन भएको सञ्जालका संयोजक र सदस्य अवैतनिक हुने र समाजमा लैङ्गिक हिंसा हुन नदिने गरी समुदायमा विभिन्न कार्यक्रम लैजाने बताइन्।

परियोजनाअन्तर्गत पालिकामा मनोपरामर्शकर्ता नियुक्त हुने र हिंसा पीडितको सुरक्षा र सहयोगका लागि सुरक्षित कक्षको स्थापना गरिने भएको छ।

पुरुष सञ्जाल नयाँ अवधारणा भएकाले समाजमा यसबारे चासो धेरै रहेको जनाउँदै केन्द्रीय पुरुष सञ्जालका सदस्य संजोग ठकुरीले सञ्जालका हरेक सदस्य आदर्श पुरुष बन्न सके मात्र समाजमा लैङ्गिक हिंसाको अन्त्य गर्न सञ्जालको अभियान प्रभावकारी हुने बताए।

Tags: #राससकोसी प्रदेश
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ
FEATURE BREAKING

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०८३
0

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मंगलबार साँझ करिब ५ बजेतिर इलाका प्रहरी कार्यालय...

‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज
FEATURE BREAKING

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०८३
0

इटहरी : सरकारी कर्मचारीबीच ट्रेड युनियन खारेजीको विषय अहिले बहसको केन्द्रमा छ। एकातर्फ यसलाई सुधारको अवसरका रूपमा हेरिएको छ भने अर्कोतर्फ...

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

बैशाख २२, २०८३

समयमै पानी परेपछि उदयपुरमा फस्टायो मकैबाली

बैशाख २२, २०८३
हिमपातपछि देखिएको पाथीभरा मन्दिर क्षेत्रको दृश्य (फोटो फिचर)

पाथीभरा क्षेत्रमा फोरजी सेवा सञ्चालनमा

बैशाख २२, २०८३
अन्तु पोखरी : कुनै बेला भैँसी चरन क्षेत्र, अहिले पर्यटकको पहिलो रोजाइ

अन्तु पोखरी : कुनै बेला भैँसी चरन क्षेत्र, अहिले पर्यटकको पहिलो रोजाइ

बैशाख २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

बैशाख २२, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३
मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

बैशाख २२, २०८३

समयमै पानी परेपछि उदयपुरमा फस्टायो मकैबाली

बैशाख २२, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.