इटहरी उपमहानगरपालिकामा थप ४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाले टाकुरालाई दिएको जानकारी अनुसार गत श्रावण ६ गतेको संकलन गरिएको स्वाबको रिपोर्टमा ४ जनाको पोजेटिभ देखिएको हो ।
संक्रमितहरु वडा नं ५ को ४९ वर्षीय एक पुरुष, इटहरी १७ का २३ बर्षीय पुरुष, इटहरी ९ का २८ वर्षीय र ४५ वर्षीय पुरुष रहेका छन् ।
यो सँगै इटहरी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ९१ पुगेको छ ।














Discussion about this post