Wednesday, April 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कनेक्ट आइपिएस ह्याक गरी सुनसरीका एक सेवाग्राहीको १३ लाख ५० हजार रुपैयाँ चोरी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८२
in समाचार
0

तस्बिरमा इलाका प्रहरी कार्यालय इटहरी ।

195
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीमा एक सेवाग्राहीको बैंक खाताबाट कनेक्ट आइपिएसमार्फत १३ लाख ५० हजार रुपैयाँ चोरी भएको घटना सार्वजनिक भएको छ।

मोरङको सुन्दरहरैंचा ८ का उमनाथ खतिवडाको नाममा रहेका दुई फरक बैंक खाताबाट शुक्रबार राति रकम चोरी भएको घटना बाहिरिएको हो ।

विराटचोकस्थित प्राइम बैंक लिमिटेड र नेपाल बैंक लिमिटेडमा रहेका खतिवडाका खाताबाट शुक्रबार राति ८ बजेतिर कनेक्ट आइपिएस ह्याक गरेर तीन वटा फरक खातामा रकम ट्रान्सफर गरिएको छ।

इलाका प्रहरी कार्यालय इटहरीमा परेको उजुरीअनुसार प्राइम बैंकमा रहेको खाताबाट ११ लाख रुपैयाँ माछापुच्छ्रे बैंकको खाता नम्बर ०२७०९९७५०४५०००१५ मा ट्रान्सफर गरिएको छ।

यस्तै, नेपाल बैंक लिमिटेडको खाताबाट २ लाख रुपैयाँ नविल बैंकको खाता नम्बर २०११००१७५०३९७०, र ५० हजार रुपैयाँ सिद्धार्थ बैंकको खाता नम्बर ५५५०८८३०७३० मा पठाइएको देखिएको छ।

खतिवडाले आफ्नो बैँक खाता रहेको बैँकको पासवर्ड कसैलाई नदिएको दाबी गरे । “मैले न पासवर्ड दिएको छु, न कोड पठाएको छु, कसरी पैसा गायब भयो ?” उनले बैंक प्रणालीमाथि नै प्रश्न उठाए ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा तीनवटै खातालाई रोक्का गर्न पत्राचार गरिएको छ।

साथै, खाताका बैंक स्टेटमेन्ट, र रकम कसरी ट्रान्सफर भयो भन्नेबारे विस्तृत जानकारी संकलन गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

डिजिटल प्रणालीको सुरक्षामा प्रश्न

कनेक्ट आइपिएसजस्तो डिजिटल भुक्तानी प्रणाली ह्याक भएको यो घटना नेपालको डिजिटल बैंकिङ सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।

बैंक तथा नियामक निकायहरूले यस्ता घटनाबाट सुरक्षा प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता देखिएको जानकारहरू बताउँछन् ।

Tags: #इटहरी प्रहरीचाेरीबैंक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
Uncategorized

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

by टाकुरा न्यूज । इटहरी
बैशाख ९, २०८३
0

सुनसरी : जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको...

समाचार

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

by रासस
बैशाख ९, २०८३
0

झापा : खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ...

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

बैशाख ९, २०८३

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1337 shares
    Share 535 Tweet 334
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    375 shares
    Share 150 Tweet 94
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.