इटहरीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय नाघेको छ ।
आज विहानै थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय १ पुगेको हो ।
इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार संक्रमण पुष्टिी भएका मध्ये इटहरी वडा नं. २ का ३८ वर्षीय पुरुष, इटहरी वडा नं. ५ का २६ वर्षीय पुरुष, ४२ वर्षीय पुरुष र ३४ वर्षीया महिला, इटहरी वडा नं. ९ का २३ र २६ वर्षीया महिला र ६० वर्षीय पुरुष, इटहरी वडा नं. १२ की १५ वर्षीया बालिका, इटहरी वडा नं. १४ का १२ वर्षीया बालिका र ११ वर्षीय बालक रहेका छन् ।
आज विहान नै ६ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा चारजनालाई कोरोना पोजेटिभ देखिएको थियो ।














Discussion about this post