बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा कोरोना संक्रमणका कारण निधन भएको छ ।
मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा गएराती मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिए ।
संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
संक्रमित महिलामा निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।
यो सँगै विराटनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।












Discussion about this post