प्रहरीको गोली लागेर झापा गाउँपालिका ३ कामाटोलीका अन्दाजी ३८ बर्षीय रफिक आलमको मृत्यु भएको छ ।
आलमको उपचारका क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । उनको ढाडमा २ गोली लागेको बताइएको छ ।
गोरु काट्ने ब्यक्तिलाई पक्राउ गरी लैजान खोज्ने प्रहरीलाई अबरोध गर्न खोज्दा झापा गाउँपालिकामा बुधबार साँझ गोली चलेको थियो ।
झडपका क्रममा प्रहरीको गोली लागेर मियाँ घाइते भएका थिए ।
गोरु काट्नेहरुलाई लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।












Discussion about this post