Saturday, June 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

तारानाथ पोखरेलको कृति ‘विविधावली’को लोकार्पण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २४, २०८२
in कला साहित्य, विविध, समाचार
0
तारानाथ पोखरेलको कृति ‘विविधावली’को लोकार्पण
65
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : साहित्यकार तारानाथ पोखरेलद्वारा लिखित ‘विविधावली’ नामक पुस्तकको लोकार्पण गरिएको छ ।

विराट साहित्य संगम विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा पोखरेलको चौथो कृृतिका रूपमा प्रकाशित ‘विविधावली’को लोकार्पण गरिएको हो ।

आयोजक विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार बलराम पोखरेल, अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, साहित्यकार खेम नेपाली, भूषण ढुंगेल, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका महाप्रबन्धक विजयहरि शर्मालगायतले संयुक्त रूपमा कृति लोकार्पण गरे ।

‘विविधावली’का विषयमा समालोचक हरि कट्टेलले समीक्षा गरेका थिए ।

उनले ‘विविधावली’भित्र राष्ट्रप्रेम, नारीवादी, प्रकृति प्रेम, जातीय विभेद, वर्तमान राजनीति, आर्थिक, धार्मिक र सांस्कृतिक विकृतिलगायतलाई समेट्ने प्रयास गरेको बताए ।

संग्रहभित्रका हरेक सिर्जनामा राष्ट्रप्रेम र प्रकृति प्रेम प्राप्त हुने उनको भनाइ थियो । त्यस्तै संग्रहका सिर्जनामा शृंगारिता उत्कृष्ट रुपमा आएको समालोचक कट्टेलले उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका साहित्यकार बलराम पोखरेल, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, अग्रज साहित्यकार खेम नेपाली, साहित्यकार भूषण ढुंगेल, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका महाप्रबन्धक

विजयहरि शर्मा, साहित्यकार रामबाबु दाहाल, भवानीशंकर पोखरेल, गोपाल निर्भीकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
८५ वर्षको उमेरमा पनि लेखक पोखरेलभित्र साहित्य सिर्जनामा युवा जोश भेटिनु प्रशंसनीय भएको कवि एवं पत्रकार मीनकुमार नवोदितले बताए ।

८० पृष्ठको ‘विविधावली’भित्र कविता, मुक्तक, गजल र लघुकथा समेटिएको छ । साहित्यकार पोखरेलको यसअघि ‘सितारा’ गजलसंग्रह (२०७१), ‘तिम्रो यादमा’ गजलसंग्रह (२०७६) र ‘खेल रहेछ जिन्दगी मुक्तकसंग्रह (२०७९) प्रकाशित भइसकेका छन् ।

आधा दर्जनभन्दा बढी संस्थामा आबद्ध पोखरेल विभिन्न पुरस्कार र सम्मानबाट समेत सम्मानित भइसकेका छन् ।

Tags: #साहित्यतारानाथ पोखरेललोकार्पण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित
विविध

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

by रासस
जेष्ठ २३, २०८३
0

खोटाङ : मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ ।...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
जेष्ठ २३, २०८३
0

इटहरी : झापा र उदयपुर जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन्। झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको...

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३
बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

बाढीले पटकपटक डाइभर्सन बगाउँदा पाँचथरका यात्रु सास्तीमा

जेष्ठ २३, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

मध्यपहाडी लोकमार्गमा बाढीको क्षति, आवागमन प्रभावित

जेष्ठ २३, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

लागूऔषध कारोबारविरुद्ध प्रहरी सक्रिय, दुई जिल्लाबाट सात जना पक्राउ

जेष्ठ २३, २०८३
पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

पहिरोले सङ्खुवासभाको पाँचखपन–चैनपुर सडक अवरुद्ध, आवागमन ठप्प

जेष्ठ २३, २०८३
जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जनशक्ति अभावबीच ग्रामीण शिक्षाको भरोसा बनेको सगरमाथा मावि

जेष्ठ २३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    612 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.