सुनसरीको इटहरी, धरान र इनरुवामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेको छ ।
हालसम्म ईलाका प्रहरी कार्यालय इटहरीका १० जना सहित सुनसरी जिल्लाभरीमा कोरोना संक्रमित प्रहरीको संख्या ४१ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले प्रहरीमा कोरोना संक्रमित बढेसँगै दैनिक काममा समस्या भएको जानकारी दिए ।
सुनसरीमा अहिले सम्म ४१ जना प्रहरी कोरोना संक्रमित भएका छन भने कन्ट्याक ट्रेसिङको आधारमा ८० जना प्रहरी क्वारेन्टाईनमा रहेका छन् ।
१ हजार जनाको दरबन्दी रहेको सुनसरीमा कोरोनाको कारण दैनिक काममा समस्या भएको थापाले बताए ।
सुनसरीका ४१ प्रहरी सहित जिल्लामा अहिलेसम्म ५ सय ८ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
जसमध्ये २ सय २३ जना निको भएर घर फर्किएका छन् भने तीनजनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मृत्यु भएका तीनै जना धरानका रहेका छन् ।















Discussion about this post