इटहरी : गत बिहीबार सप्तकोसी नदीमा बेपत्ता भएका दुई जना सशस्त्र प्रहरी सुरक्षाकर्मीमध्ये अर्का व्यक्तिको शव पनि फेला परेको छ ।
एक जनाको शव शुक्रवार सप्तकोसी नदीमै भेटिएको थियो भने अर्को एक जनाको शव आज (आइतबार) भेटिएको हो ।
पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यालयममा कार्यरत डोटीका सुरज साउदको आइतवार कोशी ब्यारेजको ५५ नम्बरको ढोका नजिकै शव भेटिएको हो ।
बेपत्ता भएका साउदको खोजीमा सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालित गरी खोजी कार्य जारी गरिएको थियो ।
गत बिहीवार दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हरदेव राजवंशी र छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद दुवैजना उद्धार अभ्यास गर्ने क्रममा सप्तकोसीमा बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारीस्वरूप प्रदेशस्तरीय विपद् सेमुलेसन अभ्यासका लागि संयुक्त टोली खटिएको थियो ।
सोही क्रममा दुवैजना डुबेका थिए।
राजवंशीले स्पेसल टास्क फोर्स तालिम, विपद् व्यवस्थापन तालिम र गोताखोर गरी तीन वटा विशेष तालिम लिएका थिए ।
उनी स्पेसल टास्क फोर्स तालिमका प्रशिक्षकसमेत थिए । साउदले २०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए ।














Discussion about this post