इटहरी : अत्यधिक गर्मीका कारण इनरुवा नगरपालिका क्षेत्रका विद्यालयहरूमा तीन दिन बिदा दिइएको छ । बुधबार (जेठ २८ गतेदेखि) ३० गतेसम्म बिदा दिइएको हो ।
मंगलबार पालिकाद्वारा प्रकाशित सार्वजनिक सूचनाअनुसार अत्याधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकोले यहाँका सबै विद्यालयहरूमा बिदा दिने निर्णय गरिएको हो ।
उक्त बिदा वर्षे बिदाबाट कट्टा हुने बताइएको छ । इनरुवासहित पूर्वी नेपालमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेको छ ।















Discussion about this post