इटहरी : इटहरी उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बिदा गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाकी कार्यवाहक मेयर संगीता चौधरीले मंगलबार एक सूचना जारी गर्दै इटहरी क्षेत्रभित्रका सबै विद्यालयहरूमा जेठ २८ गते बुधबार गर्मी बिदा दिने जनाएको हो।
अत्यधिक बढ्दो तापक्रमका कारण विद्यालय सञ्चालनमा कठिनाइ भइरहेको र विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको जनाउँदै उपमहानगरले यस्तो निर्णय लिएको हो।
स्थानीय तहको यो निर्णयले विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकहरूलाई केही राहत दिने विश्वास गरिएको छ। इटहरीसहित पूर्वी नेपालमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेको छ ।















Discussion about this post