सुनसरीका विभिन्न स्थानमा थपिएका ३८ सहित प्रदेश १ मा गएको २४ घण्टामा ९० जना कोरोना संक्रमित थपिएका छन् ।
मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ भन्दा बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसै गरि विराटनगरमा आज ३८ संक्रमित थपिएका छन् । जसमध्ये २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ ।
मोरङको कटहरीमा ३ महिला ४ पुरुष र सुन्दरहरैंचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा ४ महिला ८ पुरुष, इटहरीमा २ महिला ८ पुरुष, गढीमा २ महिला २ पुरुष, रामधुनीमा ४ पुरुष, बर्जुमा ३ पुरुष, धरानमा १ महिला २ पुरुष, इनरुवामा १ महिला १ पुरुष, संखुवासभाको खाँदबारीका ४ पुरुष, इलामको इलाम नगरपालिकाका १ महिला र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३० पुगेको छ ।














Discussion about this post