विराटनगर : सुनसरी, मोरङ र झापा जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवैध सामान प्रहरीले बरामद गरेको छ।
सिमावर्ती क्षेत्रमा परिचालित प्रहरी टोलीले भन्सार छली गरी ल्याइएका विभिन्न प्रकारका कस्मेटिक्स, कपडा, औषधि, मोबाइलका टेम्पर ग्लास, मोटर पार्ट्स, इलेक्ट्रिक स्कुटरका ब्याट्रीहरू लगायत किराना सामान बरामद गरेको जनाएको छ।
बरामद गरिएका सामानहरूको मूल्य करिब १२ लाख ८५ हजार ४ सय ६० रुपैयाँ बराबर रहेको छ। आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।














Discussion about this post