वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको बेलबारी ५ की ५६ बर्षीया महिला र दमक ३ झापाका ८३ बर्षीय पुरुष रहेका छन् ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापाका वृद्धलाई बि एण्ड सि हस्पिटलले रिफर गरेर वीपीमा आएका थिए । उनलाई भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
यस्तै, बेलबारीकी महिलालाई कोशी अंचल अस्पतालले रिफर गरेर वीपीमा भदौ ९ गते भर्ना भएकी थिइन् । उनको सोही दिन पीसीआर पोजेटिभ आएको थियो ।














Discussion about this post