धरानमा आज विहान थप ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
धरान १७ को एन्फा क्वारेनटाइनमा खटिएका ३४ र २७ वर्षीय पुरुष (नेपाली सेना), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमर्जेन्सी वार्डमा कार्यरत २५ बर्षीया नर्स, सर्जरी वार्डमा कार्यरत हेल्थ एडकी १९ बर्षीया छोरी रहेका छन् ।
त्यस्तै, धरान १७ का थप ५ जना कनट्र्याक्ट ट्रेसिङका ५९ बर्षीया महिला, ३३ बर्षीया महिला, ३१ बर्षीया महिला र २९ वर्षीय २ जना पुरुष गरी जम्मा ९ जनामा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।
यो सँगै धरानमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३४ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ ।











Discussion about this post