सुनसरीको धरान उपमहानगरपालिका १३ बाट नियन्त्रित लागूऔषध खैरो हेरोईन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
धरान १३ का २० बर्षीय बिजय शेर्पाले आफ्नै कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा बिहीबार ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ३०० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित पक्राउ गरेको हो ।
पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको धरान प्रहरीले जनाएको छ ।














Discussion about this post