झापा : झापाको बिर्तामोड नगरपालिका–५ मा फरक क्षमता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपाङ्गताको प्रमाणपत्र प्राप्त गरेका छन् ।
नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उनीहरूलाई घरमै पुगेर अपाङ्गतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिएको बताए।
तिम्ल्याहा दिदीबहिनी १७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु र इन्तुसा लिम्बुले घरमै उक्त सेवा पाएका हुन् । उनीहरूमध्ये इन्तुसा ओछ्यानबाट आफैँ उठ्नसमेत नसक्ने अवस्थामा रहेकी छन् ।
आमा मनकुमारी शेर्माले आफ्ना चार छोरी रहेका र उनीहरूको आफैँले स्याहार सुसार गरिरहेको बताइन् ।
“एकै पटक तीन सन्तान जन्मिदा खुशीको सीमा थिएन,” उनले भनिन्, “तर के गनु, दुई छोरी उठ्न बस्न सक्छन्, एउटी सधैँभरी ओछ्यानमै हुन्छिन् ।”
रातो कार्ड कार्ड प्राप्त गरेसँगै उनीहरूले सरकारले प्रदान गर्दै आएको ‘क’ वर्गको अपाङ्गता भत्तासमेत पाउने नगरउपप्रमुख सङ्ग्रौलाले बताए । उनले तीनैजनाको उपचारसमेतमा सहयोग गर्ने बताए ।














Discussion about this post