धरान : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गरेका छन्।
निरीक्षणको क्रममा विद्यालय भवन, विभिन्न शाखा तथा कक्षा कोठाहरूको अवस्थाबारे जानकारी लिंदै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिए।
प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै डीआईजी कार्कीले विद्यार्थीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिई, शान्त वातावरणमा अध्ययन गर्न पाउने अधिकार सुनिश्चित गर्नु आवश्यक रहेको बताए ।
उनले शिक्षक र विद्यार्थीहरूसँग समेत अन्तरक्रिया गरे।
छलफलका क्रममा उनले गुणस्तरीय शिक्षा, शारीरिक व्यायाम र अतिरिक्त क्रियाकलापमा विद्यार्थीकै सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।
साथै, अमर तथा अशक्त प्रहरी परिवारका सन्तति र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिँदै, उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक, प्रहरी र विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरे।
यस अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान इकाई धरानको समेत निरीक्षण र अनुगमन गरिएको थियो।














Discussion about this post