इटहरी उपमहानगरपालिकामा आज थप ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी अस्पतालका अनुसार भदौ८ गते गरिएको पीसीआर परीक्षण मध्ये थप ५ जनामा भाइरस संक्रमणको पुष्टि भएको हो ।
इटहरी १३ का ३ जना, ३३, ३९ र ५१ बर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, शशस्त्र प्रहरी बल पकलीका दुईजना पुरुष रहेका छन् ।
उनीहरु २९ र ३७ बर्षका रहेका छन् ।
यो सँगै इटहरीमा कोरोना संक्रमितको संख्या १ सय १६ पुगेको छ ।














Discussion about this post