इटहरी : मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले दुईजना वडाध्यक्षलाई अनुशासन उल्लंघनको आरोपमा सात दिनका लागि निष्कासित गरेका छन्।
वडा नं. ५ का अध्यक्ष भेषनारायण चौधरी र वडा नं. ७ का अध्यक्ष वीरेन्द्र चौधरीले गाउँसभामा नीति तथा कार्यक्रम कार्यपालिकाबाट पारित नगरी सिधै सभामा ल्याइएको विषयमा प्रश्न उठाएका थिए।
तर, अध्यक्ष माझीले उनीहरूलाई “अनुशासन भंग गर्ने, अपमानजनक भाषा प्रयोग गर्ने र सभाको प्रतिष्ठामा आँच पुर्याउने” आरोप लगाउँदै गाउँसभा बैठकमा सहभागी हुन रोक लगाउने आदेश जारी गरेका हुन्।
गाउँसभा सञ्चालन कार्यविधि, २०७४ को दफा १६ (४) अनुसार दिइएको आदेशमा सात दिनको निषेध गरिएको उल्लेख छ।
निषेधमा परेका दुवै जना वडाध्यक्ष एमालेका जनप्रतिनिधि हुन् भने गाउँपालिका अध्यक्ष माझी माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।
निष्कासित वडाध्यक्षहरूले आफूहरूले सामान्य प्रश्न मात्र उठाएको र राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गरिएको आरोप लगाएका छन्।
अध्यक्ष माझी यसअघि पनि उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक तोक्ने, एमाले निकट उपाध्यक्षको सवारी साधन खोस्ने, र कार्यपालिकाको कोरम नपु¥याई निर्णय लिने जस्ता विवादास्पद निर्णयहरूका कारण आलोचित हुुँदै आएका छन्।















Discussion about this post