इटहरी : उदयपुर, मोरङ र भोजपुरबाट अवैध भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ ।
कोशी प्रदेश अन्तरगतका विभिन्न इलाकाहरूबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा कुर्ता सुरुवाल, मोटरसाइकलका पाटर्सहरू, साडी तथा कस्मेटिक्सलगायत गरी १८ लाख ९८ हजार रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ ।
बरामद गरिका उक्त सामग्रीहरूबारे थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । छ ।














Discussion about this post