इटहरीमा आज नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
गएको ९ गते लिएको स्वाबबाट थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको इटहरी अस्पतालले जनाएको छ ।
सङेक्रमण हुनेहरुमा इटहरी वडा न ४ का ३ जना, इटहरी वडा न ५ का १ जना,इटहरी वडा न ७ का १ जना,इटहरी वडा न १४ का १ जना,इलाका प्रहरी कार्यालय इटहरीका २ र सशस्त्र प्रहरीका १ जनामा कोरोना संक्रमण देखिएको इटहरी अस्पतालले जनाएको छ । यो सँगै इटहरीमा सङ्क्रमण हुनेको संख्या १ सय १५ जना पुगेको छ ।














Discussion about this post