इटहरी : नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई इटहरीमा बुधबार एक समारोहबीच नागरिक अभिनन्दन गरिएको छ।
स्वतन्त्र नागरिक समाज सुनसरी र भोजपुर समाज सेवा केन्द्रको संयुक्त आयोजनामा घिसिङलाई अभिनन्दन गरिएको हो।
नागरिक अभिनन्दन तथा उज्यालो संवाद कार्यक्रममा इटहरीका राजनीतिक, सामाजिक तथा शैक्षिक क्षेत्रका अगुवा व्यक्तित्व, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले घिसिङलाई ‘देशको असम्भवलाई सम्भवमा बदल्ने व्यक्तित्व’ का रूपमा व्याख्या गरे।
कार्यक्रममा बोल्दै घिसिङले देशमा सम्भावना भएको र त्यसलाई इमानदारी, पारदर्शिता र योजनाबद्धतासाथ प्रयोग गर्न जरुरी रहेको उदृत गरे।
उनले लोडसेडिङ अन्त्यको पृष्ठभूमि, राष्ट्रिय प्रसारण लाइन विस्तार, क्षमताको उपयोग, कर्मचारी मनोबल, र अबको ऊर्जा रणनीतिबारे विचार व्यक्त गरे।
‘उज्यालो संवाद’ का क्रममा सहभागीहरूबाट ऊर्जा क्षेत्रका समस्या, जलविद्युतको दीर्घकालीन योजना, वैदेशिक लगानी र उपभोक्ता अधिकारबारे प्रश्नहरू उठेका थिए ।
अग्रज पत्रकार तथा अधिवक्तासमेत रहेका सालिग्राम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षासेवी प्रा.डा.गीता अधिकारी प्रमुख अतिथिकी रूपमा रहेकी थिइन्।
भिडिओ














Discussion about this post