सुनसरीम २४ जना सहित प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी मोरङमा ४७ जना रहेका छन् । यस्तै, सुनसरीमा २४ जना, झापा र धनकुटामा १९–१९ जना छन् भने संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, मोरङको कटहरीमा ६ महिला र ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैँचामा १ महिला र १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, दुहवीमा ३ महिला र ६ पुरुष, धरानमा २ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापाको दमकमा ७ महिला र ९ पुरुषमा संक्रमण देखिएको छ भने झापा गाउँपालिकामा १ महिला र २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला र १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ ।














Discussion about this post