खोटाङको ऐंसेलुखर्क गाउँपालिकामा बाँदरलाई हानेको गोली लागेर १२ वर्षीय बालकको मृत्यु भएको छ।
जलेश्वरी थापागाउँका शैलेन्द्र तामाङको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
बाँदरलाई गोली हान्ने २४ वर्षीय मानकाजी तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
खोटाङका प्रहरी नायब उपरीक्षक नारायण चिमरियाका अनुसार मृतक बालकका बुवा–आमा नै विदेशमा रोजगारीका लागि गएका कारण उनी आफन्तकोमा बस्दै आएका थिए ।












Discussion about this post