इटहरीमा थप ७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
भदौ १० गते गरिएको स्वाब परीक्षण गरिएकोमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको इटहरी अस्पतालले जनाएको छ ।
संक्रमित हुनेहरुमा इटहरी २ का १ जना -४२ बर्षीय पुरुष, इटहरी ५ का १ जना- ३४ बर्षीय पुरुष, इटहरी ६ का १ जना-४३ बर्षीया महिला, इटहरी ९ का २ जना- ११ महिनाकि बालिका र २४ बर्षीय पुरुष, इटहरी २० का २ जना- १० वर्षीया बालिका र २० बर्षीया महिला रहेका छन ।
यो संगै हालसम्म इटहरीमा कोरोना संक्रमितको संख्या १ सय ३२ पुगेको छ ।














Discussion about this post