सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना सङ्क्रमणका कारणले आमाछोराको एकै दिन मृत्यु भएको छ ।
आमाको बिहान ८:३० मा र छोराको ७:४५ बजे मृत्यु भएको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
आमाछोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा जस्ता समस्या र ज्वरोले च्यापेपछि शनिबार साँझ अस्पताल भर्ना भएका थिए ।
मृत्यू हुने दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ ।











Discussion about this post