विराटनगर : समुदाय–प्रहरी साझेदारी : कति राम्रो हाम्रो जिम्मेवारी भन्ने सन्देशसहित कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१।०८२ मा २२ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।
ती कार्यक्रमबाट २ लाख ३८ हजारभन्दा बढी नागरिक लाभान्वित भएको प्रहरीको दाबी छ ।
शान्ति, सुरक्षा र अपराध नियन्त्रणका लागि समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै कोशी प्रदेश प्रहरीले महिला हिंसा न्यूनीकरण, लागूऔषध नियन्त्रण, ट्राफिक सुरक्षासँगै साइबर अपराध, आत्महत्या न्यूनीकरण, मानव बेचबिखन, घरेलु हिंसा, बालविवाह, जातीय छुवाछुतजस्ता विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको हो।
प्रहरीका अनुसार सबै जिल्लाहरूमा सचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएका छन्। जिल्लागत विवरण अनुसार खोटाङले ४ हजार १५५ कार्यक्रम सञ्चालन गर्दै शीर्ष स्थान ओगटेको छ।
यसैगरी इलामले ३ हजार ५७९ वटा, सुनसरीले २ हजार १३५ वटा, सोलुखुम्बुले २ हजार १११ वटा, भोजपुरले १ हजार ९१७ वटा, झापाले १ हजार ५९८ वटा, धनकुटाले १ हजार २६० वटा, ओखलढुंगाले १ हजार १०७ वटा, उदयपुरले ८२४ वटा, संखुवासभाले ७७२ वटा, ताप्लेजुंङले ७३६ वटा, मोरङले ७०५ वटा, तेह्रथुमले ६०६ वटा र पाचँथरले ६०१ वटा सचेतनामुलक कार्यक्रमहरु संचालन गरेका छ्न् ।
जसबाट २ लाख ३८ हजार भन्दा बढी सर्वसाधारणहरू लाभान्वित भएको प्रहरीको दाबी छ ।
कोशी प्रदेश प्रहरी समुदाय र प्रहरी बीचको सम्बन्धलाई मजबुत बनाई ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोवास गर्ने नागरिकहरूमा सुरक्षा चेतना, कानूनी ज्ञान दिलाई अपराध मुक्त समाज निर्माणको निम्ति सक्रियताका साथ निरन्तर रूपमा परिचालित रहेको प्रहरीको भनाइ छ ।














Discussion about this post