खोटाङ : खोटाङको केपिलासगढी गाउँपालिका–३ बास्पानीकी एक महिला मृत भेटिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार ६२ वर्षीया कौशिला राई बाक्सिलास्थित बुधबारे हटिया गएर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो।
राति करिब एक बजेतिर स्थानीय बप्लेभिरबाट करिब सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बाक्सिला बजार गएर घर नआएपछि खोजतलास गर्दा भीरबाट लडेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



















Discussion about this post