प्रदेश १ मा आज ३२ महिला र ६२ पुरूष गरी ९५ जना नया कोरोना संक्रमित थपिएका छन् ।
सङ्क्रमण देखिएका मध्ये सुनसरीमा ३७, मोरङमा ४५, संखुवासभामा २, झापामा ९ , प्रदेश १ भन्दा बाहिरका २ जनामा सङ्क्रमण पोजेटिप आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा १ महिला ५ पुरुष, धरानमा १ महिला ५ पुरुष, इटहरीमा ४ महिला र ४ पुरुष,बर्जुमा २ पुरूष, दुहवीमा १४ पुरूष, गढीमा १ पुरूष रहेका छन् ।
त्यसैगरि मोरङको विराटनगरमा २१ महिला २१ पुरुष, लेटाङमा १ महिला , पथरीशनिश्चरेमा १ पुरूष, रंगेलिमा १ पुरूषमा संक्रमण देखिएको छ ।
त्यस्तै, झापाको कन्काइमा २ महिला ६ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, संखुवासभाको खाँदबारीमामा १ महिला र पालिका नखुलेका १ पुरूष, र सिराहाका १ महिला र जनकपुरका १ पुरूषमा संक्रमण देखिको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज रिर्पोट पोजेटिप देखिए सगै प्रदेश १ मा कोरोना संक्रमित हुनेहरुको संख्या ३ हजार ३११ पुगेको छ ।















Discussion about this post