विराटनगर : साहित्यकार दीपा दाहालको पहिलो कथा संग्रह ‘विजयिनी’ शनिबार विराटनगरस्थित आरोहण गुरुकुलमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।
समाजमा व्याप्त महिला विभेद, विद्रोह तथा हक, अधिकारका मुद्दा समेटिएको उक्त कथाको वरिष्ठ कवि कुन्ता शर्माले विमोचन गरेकी हुन् ।
उक्त सङ्ग्रहले महिला विभेद र विद्रोहको अर्को नामका रूपमा व्याख्या गरिन्। उनले भनिन्, “पितृसत्तात्मक समाजमा महिलाले आवाज नउठाएसम्म आफ्नै घरभित्र समेत पीडित भएर गुम्सिनु पर्ने बाध्यता रहँदै आएको छ। यो पुस्तक त्यस्ता विद्रोह र संघर्षको सशक्त सँगालो हो।”
दाहालले आफ्नो पहिलो कथा संग्रहमा पितृसत्तात्मक हिंसाबाट बाहिर निस्कन महिलाले भोगेका कठिन संघर्षलाई केन्द्रमा राखेको बताइन्।
उनका अनुसार पुस्तकका ८ वटा कथामा महिला र २ वटा कथामा पुरुष पात्रलाई प्रमुख पात्रका रूपमा प्रस्तुत गरिएको छ ।












Discussion about this post