तरहरा : तरहरामा रहेको लिबरल सोसाइटीले यहाँका कोरोना संक्रमितको घर-घरमा पुगेर पौष्टिक आहार वितरण गरेको छ ।
सोमबार लिबरल सोसाइटीका अध्यक्ष सुबेक्छु देवानको नेतृत्वमा यहाँका कोरोना संक्रमितको घर-घरमा पुगेर पौष्टिक आहार वितरण गरिएको हो ।
“संक्रमितलाई हेला होइन, माया गरौँ भन्ने मूल उदेश्यले हामीले यो अभियान सन्चालन गरेका हौँ,” अध्यक्ष देवानले भने, “घरमै सेल्फ आइसोलेट भएर बस्नुपर्ने वाध्यकारी अवस्थामा हामीले इटहरी -२० तरहराका संक्रमितहरुलाई पौष्टिक आहर कमी नहोस् भन्ने उदेश्यले यो अभियान सन्चालन गरेका हौँ ।”
घरेलु जडिबुटी, मास्क ,सेनिटाईजर, अन्डा, जुस लगायत सामाग्री वितरण गरिएको थियो ।














Discussion about this post