इटहरी : सडकमा रहेका छाडा चौपायालाई ट्राफिक प्रहरीले रिफ्लेक्टर बेल्ड बाँध्न थालेको छ ।
विराटनगरमा रहेका छाडा चौपायालाई रिफ्लेक्टर बेल्ड (रातो बेल्ड) बाँध्न सुरु गरिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीब शर्माले जानकारी दिए ।
पछिल्लो समय सडकमा छाडा चौपायाका कारण सवारी दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले रातो बेल्ड बाँध्ने काम सुरु गरिएको एसपी शर्माले बताए ।
सडकमा छाडा छोडिएका चौपायाको घाँटीमा रातो बेल्ड बाँधेकाले रातीको समयमा देख्न सजिलो हुने र दुर्घटनाबाट बच्ने भएकाले उक्त अभियान सुरु गरिएको उनको भनाई थियो ।

‘रातो बेल्ड राती टल्किन्छ र दुर्घटनाबाट जोगिन सजिलो हुन्छ भनेर यो अभियान सञ्चालन गरेका हौँ,’ एसपी शर्माले टाकुरासँग भने, ‘हामीले अहिले यो अभियान विराटनगरबाट सञ्चालन गरेका छौँ, अब इटहरी, धरान, इनरुवा, झापा लगायतका ठाउँमा पनि हामीले रिफ्लेक्टर बेल्ड बाँध्ने अभियान सुरु गरेका छौँ ।’
उनले सडकमा छाडा चौपाया नछाड्न समेत अपिल गरेका छन् ।















Discussion about this post