इटहरी : सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित आठ जनालाई नियन्त्रणमा लिएको छ।
अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–२० स्थित जंगलबाट करिब ७२ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धरान–२० का रुपेश राई (३०), मिलन राई (२८), रञ्जित राई (२५), धनकुटाको सहिदभूमि गाउँपालिका–३ का प्रदीप राई (३४) र धरान–१३ का सन्तोष राई (३१) रहेका छन्।
त्यसैगरी मोरङको उर्लाबारीमा इलाका प्रहरी कार्यालय उर्लावारीको टोलीले चेकजाँचका क्रममा बा ३ च ७९८१ नम्बरको कार र बा ७८ प ४०९८ नम्बरको मोटरसाइकलमा लुकाइछिपाइ राखिएको ५ लिटर कोरेक्स र १५० वटा नाइट्रोभेट ट्याब्लेट बरामद गरेको छ।
जसमा झापाको दमक–४ का केदार ओझा (४३), मोरङको उर्लाबारी–४ की एन्जिला दाहाल (२२) र उर्लाबारी–७ का सुजन सेन्दाङ लिम्बू (३२) पक्राउ परेका छन्।
यसैबीच, इलाका प्रहरी कार्यालय देवानगञ्ज, सुनसरीले देवानगञ्ज गाउँपालिका–६ स्थित बूढी खोलाबाट बेवारिसे अवस्थामा रहेको ५९ किलो गाँजासमेत बरामद गरेको जनाएको छ।













Discussion about this post