धरान उपमहानगरपालिका वडा नं –११ मङ्गलबारे नजिकै डेरागरी बस्ने ६५ वर्षीय पुरुषको मृत्यु भएपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
एक सातादेखि ज्वरो र स्वास प्रस्वासमा समस्या देखिएको थियो । उनको मृत्युपछि स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको हो ।
उनी बीपी प्रतिष्ठानकै ल्याबका पूर्व कर्मचारी हुन् ।कोरोना सङ्क्रमणबाट दुई दिनअघि धरान–१७ मा आमा छोराको एकै दिन निधन भएको थियो भने त्यसअघि धरान–१५ का दुई पुरुष र एक महिनाको निधन भएको थियो ।
धरानमा हालसम्म सङ्क्रमितको सङ्ख्या १७३ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्यशाखा प्रमुख उमेश मेहताले बताएका छन् । उनका अनुसार मङ्गलबार धरानका मृतकसहित ३ जनामा कोरोना पुष्टि भएको छ ।











Discussion about this post