संखुवासभा : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले संखुवासभा जिल्ला प्रहरी कार्यालयको निरीक्षण भ्रमण गरी प्रहरी सेवाको पहुँच विस्तार गर्न निर्देशन दिएका छन्।
मंगलबार निरीक्षण भ्रमणका क्रममा डीआईजी कार्कीले जिल्ला प्रहरी कार्यालय भवन, शाखा तथा हिरासत कक्ष अवलोकन गरेका थिए।
सो अवसरमा उनले समाजमा शान्ति सुरक्षा कायम राख्दै सार्वजनिक सम्पत्तिको रक्षा गर्ने र नागरिकमा प्रहरी सेवाको सहज पहुँच पुर्याउने विषयमा जोड दिए।
उनले यातायातको पहुँच कम भएको संखुवासभाको जस्तो पहाडी जिल्लामा लामो तथा छोटो दूरीको गस्ती परिचालन गरी दुर्गम बस्तीका नागरिकमा प्रहरी सेवाको पहुँच पुर्याउनुपर्ने बताए। साथै, सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर अपराधका घटनालाई निरुत्साहित गर्नुपर्नेमा पनि उनले प्रहरीलाई निर्देशन दिए।
डीआईजी कार्कीले असहाय, पीडित र ज्येष्ठ नागरिकका समस्या प्राथमिकताका साथ सम्बोधन गर्न, पदीय जिम्मेवारी र आदेश–निर्देशनलाई अक्षरशः पालना गर्न र समाजमा अपराध हुन नदिनतर्फ विशेष सतर्कता अपनाउन प्रहरीलाई निर्देशन दिएका छन्।
साथै, भएका अपराध घटनाको प्रभावकारी अनुसन्धान गरी संगठनको छवि उच्च बनाउन इमानदारीपूर्वक प्रहरी कार्य सम्पादन गर्न उनले निर्देशन दिए।












Discussion about this post