झापा : झापाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोग बढ्दै गएपछि करेन्ट लागेर मृत्यु हुने घटना बढेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएको चार महिनामै १० जनाले ज्यान गुमाएका छन्।
झापा प्रहरीका प्रवक्ता, डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार ज्यान गुमाउनेहरू अधिकांश विद्युत् सम्बनधी पर्याप्त प्राविधिक ज्ञान नहुने ग्रामीण क्षेत्रका बासिन्दा हुन्।
करेन्ट लागेर हुने मृत्युका घटना प्रायः मोटरमार्फत पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने तथा कुटी काट्ने क्रममा हुने गरेको छ।
गत साउन महिनामात्रै करेन्ट लागेर ५ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८१।८२ मा भने जिल्लाभर १५ जनाले करेन्टका कारण ज्यान गुमाएका छन्।














Discussion about this post