छाडेर याद सारा जानेहरू त जाऊन्
सम्झेर भर्छु आँखा जानेहरू त जाऊन् ।
हाँसो लिएर सारा जानेहरू त जाउन्
आफैँ सहन्छु पीडा जानेहरू त जाऊन् ।
छुट्दैन साथ भन्नू नाटक रहेछ सबको
आफैँ भुलेर वाचा जानेहरू त जाऊन् ।
उपहारमा मलाई काँडा दिएर आफैँ
बोकेर पुष्प गुच्छा जानेहरू त जाऊन् ।
गन्तव्यमा नपुग्दै थाक्नै हुँदैन भन्थे
यात्रा गरेर आधा जानेहरू त जाऊन् ।














Discussion about this post