सुनसरीमा ७१ जना सहित प्रदेश १ मा आज थप १ सय ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै, मोरङमा ४७ जना रहेका छन् । यस्तै, झापामा ११, भोजपुरमा ३, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, धरानमा ७, बर्जुमा २, इनरुवा र भोक्राहा नरसिंहमा १–१ र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
मोरङको विराटनगरका २१ महिला २३ पुरुष, धनपालथानमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको कमल गाउँपालिकामा ३ महिला ३ पुरुष, मेचीनगरमा ३ पुरुष, विर्तामोड र गौरीगञ्जमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै, भोजपुरको हतुवागढीमा ३ पुरुष, पाँचथरको स्थानीय तह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला, २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ५९१ पुगेको छ ।
प्रदेश १ मा आज ८४ जना डिस्चार्ज भएका छन् ।
आज सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ६८७ पुगेको छ ।















Discussion about this post