२ लाख ८९ हजार ५३१ रुपैयाँ नगदसहित मोरङको कानेपोखरीबाट १२ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार कानेपोखरी गाउँपालिका–७ चालीसबिघेबाट १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा इटहरी २० तरहराका राजन पौडेल, बेलबारी–१ का बिमल गुरुङ, बेलबारी–३ का कृष्ण लिम्बू, बेलबारी–११ का श्याम लिम्बू र चन्द्र लिम्बू, लेटाङ–५ का समीर तामाङ, बिर्तामोड–३ का लक्ष्मीकुमार तामाङ, बिर्तामोड–५ का सञ्जीव घतानी, हल्दिवारी–५ का ताराकुमार जोगी, बुद्धशान्ती–४ का मनिष लिम्बू, धरान–१६ का रुपजंग लिम्बू र धरान–३ का किरण उदास रहेका छन् ।
लुकीछीपी जुवा खेलिरहेको भन्ने मौखिक सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चालीसबिघेस्थित किशोर लुइँटेलको घरमा जुवा खेलिरहेका १२ जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















Discussion about this post