इटहरी : इटहरीमा गोली लागेर मृत्यु हुने युवकको पहिचान खुलेको छ ।
जेन–जी पुस्ताको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका दुईमध्ये एकजनाको पहिचान खुलेको हो ।
मृत्यु भएकामध्ये इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठको पहिचान खुलेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले श्रेष्ठको मृत्यु भएको पुष्टि गरे ।
उनका अनुसार मृतक श्रेष्ठको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
अर्का एक युवकको पहिचान खुलेको छैन ।
घटनामा प्रहरीको गोली लागेपछि दुवै जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइको थियो । तर, चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका थिए ।













Discussion about this post